Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पताल फेरि प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम

वीरगन्ज,२साउनःनेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले वीरगन्जको नारायणी अस्पताललाई पुन प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम गरेको छ ।

यसअघि बीमा बोर्डले प्रथम सेवा विन्दुको सूचीबाट साउन १ गतेदेखि नाराायणी अस्पतालको नाम हटाएको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । उक्त निर्णय आए लगत्तै नारायणी अस्पताल प्रशासनलेपनि असार ३२ गते बीमा बोर्डलाई पत्र नै लेखेर नारायणी अस्पताललाई प्रथम सेवा विन्दुको सूचीमा कायम राख्न आग्रपनि गरेको थियो ।

जसका कारण बीमा बोर्डले नारायणी अस्पताललाई पुन प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम गरेको हो । बीमा बोर्डबाट असार ३२ गतेका दिन नै प्राप्त पत्रमा बिमितहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नारायणी अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवा विन्दु तथा रिफरल सेन्टरका रूपमा सेवा प्रदान गर्न स्वीकृति दिएको उल्लेख रहेको नारायणी अस्पतालकाा सूचना अधिकारी तथा बरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

बीमा बोर्डको यसअघिको प्रथम सेवा विन्दुबाट नारायणाी अस्पताललाई हटाइएको निर्णयले वीरगन्जबासी अन्योलमा परेकोमा अब भने पुन नारायणी अस्पताललाई प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम गरिएपछि यहाँका बिरामीहरुले राहतको महसुस गरेको बताए ।

 

Related posts

वीरगन्जमा तस्करी गरि ल्याइएको ८ सय किलो काजु बरामद

MadhesKhabar

बिन्दबासिनीमा बन्ध्याकरण गराएका महिलाहरुलाई कम्बल वितरण

MadhesKhabar

महिलाले अधिकार नपाएसम्म देशको विकास हुन सक्दैन: मन्त्री यादव

MadhesKhabar

Leave a Comment