Madhes Khabar
राष्ट्रिय हेडलाइन

महिलाले अधिकार नपाएसम्म देशको विकास हुन सक्दैन: मन्त्री यादव

मधेसखबर

वीरगन्ज,१०भदौ :वन तथा वातावरण मन्त्री प्रदीप यादवले महिलाहरूले अधिकार नपाएसम्म देशको विकास नहुने बताएका छन्।

समाजवादी महिला संघ नेपाल पर्साद्वारा वीरगञ्जमा आयोजित समाजवादी महिला संघको  भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अझै महिलाहरू आफ्नो अधिकारबाट वञ्चित रहेको हुँदा अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

समाजवादी महिला संघ पर्साकी अध्यक्ष इन्दु देवी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका अर्थ राजमन्त्रि उषा देवी, प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, महिला नेतृ पिंकी यादव, सलमा खातुन, रेखा यादव, ललिता देवी साह, सञ्जिल्ला यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले इन्दु यादवको अध्यक्षतामा समाजवादी महिला संघको  जिल्ला कार्य समिति  गठन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता शर्मा, रावडी देवी, सचिवमा प्रेरणा श्रेष्ठ, सहसचिवमा प्रेमा सिंह, कोषाध्यक्षमा रमिता गुप्ता लगायतका रहेका छन्।

Related posts

गढीमाई मेलामा कृषि प्रदर्शनी आयोजना, खेतीपातीबारे किसानले रोबोटसँग कुरा गर्न सक्ने

MadhesKhabar

पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं

MadhesKhabar

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

MadhesKhabar

Leave a Comment