Madhes Khabar
राष्ट्रिय हेडलाइन

२१ फागुनमा हुने चुनावकाे कार्यतालिका सार्वजनिक,प्रचार गर्ने समय १५ दिन मात्रै

वीरगन्ज,२०असाेज:आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिका छन् । त्यस्तै, ३ फागुन देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि हुने तालिका छ ।

२१ फागुनमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेु गर्ने आयोगको कार्यक्रम छ ।

कार्यतालिकामा मंसिर १ देखि मंसिर १० गतेसम्म आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ ।

Related posts

आज विजया दशमी, टीकाको शुभसाइत बिहान ११:५३ बजे

MadhesKhabar

वीरगन्जको बेल्वामा जंगलको काठ बेच्ने चिरान मिलमा छापा : काठसहित २ जना पक्राउ

MadhesKhabar

बाराको फेटा गाउँपालिकाले पनि बाढीपीडितलाई दियोे १९ लाख २ हजार रुपैयाँ

MadhesKhabar

Leave a Comment