Madhes Khabar
स्थानिय हेडलाइन

बाराको फेटा गाउँपालिकाले पनि बाढीपीडितलाई दियोे १९ लाख २ हजार रुपैयाँ

वीरगन्ज,१८ भदौ :बाराको फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार फेटा गाउँपालिकाको कार्यपालिकाको बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए।

अध्यक्ष अन्सारीका अनुसार, गाउँपालिकाले विपद् व्यवस्थापन खर्च शीर्षकबाट ५ लाख ५ हजार रुपैयाँ , गाउँपालिकाका जनप्रतिनिधिको सेवा–सुविधाबाट १ लाख ६ हजार २८३ रुपैयाँ र स्थायी तथा करार कर्मचारीहरुको तलब–भत्ताबाट ५ लाख ८५० रुपैयाँ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब–भत्ताबाट ७ लाख ९० हजार ५०० रुपैयाँ संकलन गरि कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए।

Related posts

छठ पर्व नजिकिएपछि सिर्सिया नदीको प्रदुषण रोक्न पर्साको स्थानीय प्रशासनले देखायो अग्रसरता

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

वीरगन्ज महानगरद्वारा घडिअर्वा पाेखरी, स्विमिङ पुल र मीनाबजारका लागि नयाँ ठेक्का आह्वान

MadhesKhabar

Leave a Comment