Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरद्वारा घडिअर्वा पाेखरी, स्विमिङ पुल र मीनाबजारका लागि नयाँ ठेक्का आह्वान

वीरगन्ज,२४भदाैं:वीरगन्ज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार कम्प्लेक्स, पुरानो बसपार्क, जडीबुटी तथा कवाडी कर र सवारी व्यवस्थापन सेवा शुल्कलगायतका शीर्षकमा ठेक्का आह्वान गरेको हो ।

महानगरपालिकाले यही भदौ १८ गतेको गोरखापत्रमा सिलबन्दी बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको छ ।विभिन्न सञ्चारमाध्यममा भदौ १६ गते महानगरका विभिन्न सम्पत्तिको ठेक्काको म्याद असार मसान्तमै सकिए पनि नयाँ ठेक्का प्रक्रिया अघि नबढेको समाचार प्रकाशन गरेपछि महानगरले ठेक्का आह्वान गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तमै म्याद सकिएपनि हालसम्म घडिअर्वा पोखरी, मिना बजार, स्विमिङ पुल र पुरानो बसपार्क पुरानै ठेकेदारको नियन्त्रणमा रहेका छन् । घडिअर्वा पोखरी र पुरानो बसपार्कको ठेक्का गणपति निर्माण सेवाले, स्विमिङ पुलको ठेक्का सुरेश ठेक्का पट्टाले र मिना बजारको ठेक्का अरविन्द प्रसाद कलवारले लिएका थिए ।

महानगरपालिकाले म्याद सकिएको करिब डेढ महिनापछि जडीबुटी, कवाडी तथा जीवजन्तु कर; सवारी व्यवस्थापन सेवा शुल्क; वडा नंबर १० स्थित घडिअर्वा पोखरी परिसर व्यवस्थापन तथा सञ्चालन; मिना बजार तथा सपिङ कम्प्लेक्स व्यवस्थापन तथा सञ्चालन; वडा नंबर १० स्थित पुरानो बसपार्कको खाली जग्गामा सवारी पार्किङ तथा शौचालय व्यवस्थापन एवं सञ्चालन र वडा नंबर १० स्थित स्विमिङ पुल तथा हेल्थ क्लब परिसर व्यवस्थापन एवं सञ्चालनका लागि ठेक्का आह्वान गरेको हो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोराले आन्तरिक आयका ६ वटा शीर्षकमा सिलबन्दी बोलपत्र आह्वानका लागि गोरखापत्रमा सूचना प्रकाशित भइसकेको जानकारी दिए ।

उनका अनुसार ठेक्काको म्याद सकिए पनि घडिअर्वा पोखरीलगायत चारवटा संरचना पुराना ठेकेदारले महानगरलाई हस्तान्तरण नगरेका कारण त्यस अवधिको रकमसमेत असुल गर्न नयाँ ठेक्का नहुँदासम्म पुरानै ठेक्काअनुसार म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

“नयाँ ठेक्का गर्न असोज मसान्तसम्म समय लाग्न सक्छ । त्यस बेलासम्मको रकम असुल गर्न हामी अग्रसर छौं । महानगरलाई घाटा हुने काम हामी गर्दैनौं,” प्रमुख प्रशासकीय अधिकृत बोहोराले भने ।

उनले इच्छुक जोकोहीले सिलबन्दी बोलपत्र पेश गरी प्रतिस्पर्धामा सहभागी हुन सक्ने बताए ।साभार:कालिकाटाईम्स

 

Related posts

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : वीरगन्ज महानगर

MadhesKhabar

पानीको संकट खेपिरहेका बेलापनि मधेससंग सरकारले विभेद गरिरहेको छ : प्रदीप यादव

MadhesKhabar

नेपाली नम्बर प्लेटका गाडीलाई रक्साैल प्रवेशमा लगाइएकाे राेक फुकुवा

MadhesKhabar

Leave a Comment