Madhes Khabar
समाज हेडलाइन

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड


तस्बिर : तिरहुत साप्ताहिकबाट

बारा,८साउनःबाराको सिम्रौनगढ बजारमा दिनदहाडै लुटपाट र तोडफोड भएको छ । मन्दिरनजिक पिसाब फेरेको निहुँमा सुरु भएको विवाद बढेर सिम्रौनगढ नगरपालिका– ६ स्थित सिम्रौनगढ बजारका रामजनमप्रसाद कुशवाहाको घरमा सोमबार तोडफोड र लुटपाट भएको हो ।

सिम्रौनगढ बजारबाट उतरतर्फ रहेको गाउँमा सानो इटवाल गाउँबाट आएका करिब एक सयजनाको समूहले कुशवाहमको घरमा तोडफोड गर्दै लुटपाट गरेको हो । उक्त समूहले कुशवाहाको ट्याक्टरको हेडलाइट, दुईवटा मोटरसाइकल, कुर्सी, बक्सा र भाँडाकुँडा तोडफोड गर्दै श्रीमतीले लगाएको गहना जतिया र तिलहरीसमेत लुटेको कुशवाहाले बताए ।

आइतबार साँझ सिम्रौनगढ नगरपालिका– ५ सानो इटवाल निवासी राजकिशोर पटेलसंग रामजनमप्रसाद कुशवाहाको छोरा रामप्रवेश कुशवाहा र राजकिशोर कुशवाहाको विवाद भएको थियो । पटेलले मन्दिर क्षेत्रमा पिसाब फेरेको निहुँमा कुशवाहाका छोराहरूको विवाद भएको थियो । त्यही विवादका क्रममा कुशवाहाका छोरा र उनका साथीहरूले पटेललाई कुटपिट गरी घाइतेसमेत बनाइदिएका थिए ।

यस घटनाअघि पनि रामप्रवेश र उनका साथीहरूले इटवाल गाउँका दुईजना युवकलाई कुटपिट गरेका थिए । पटकपटक कुटपिट भएको भन्दै आक्रोशित बनेको गाउँलेहरूको समूहले बदलामा कुशवाहाको घरमा तोडफोड गरेको नाम उल्लेख नगर्ने सर्तमा सानो इटवालका एकजना स्थानीयले बताएका छन् । उक्त घटनापछि दुई गाउँबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।साभार : नयाँपत्रिकाबाट

Related posts

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

MadhesKhabar

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ठोरीका युवा सम्मानित

MadhesKhabar

Leave a Comment