Madhes Khabar
समाज हेडलाइन

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड


तस्बिर : तिरहुत साप्ताहिकबाट

बारा,८साउनःबाराको सिम्रौनगढ बजारमा दिनदहाडै लुटपाट र तोडफोड भएको छ । मन्दिरनजिक पिसाब फेरेको निहुँमा सुरु भएको विवाद बढेर सिम्रौनगढ नगरपालिका– ६ स्थित सिम्रौनगढ बजारका रामजनमप्रसाद कुशवाहाको घरमा सोमबार तोडफोड र लुटपाट भएको हो ।

सिम्रौनगढ बजारबाट उतरतर्फ रहेको गाउँमा सानो इटवाल गाउँबाट आएका करिब एक सयजनाको समूहले कुशवाहमको घरमा तोडफोड गर्दै लुटपाट गरेको हो । उक्त समूहले कुशवाहाको ट्याक्टरको हेडलाइट, दुईवटा मोटरसाइकल, कुर्सी, बक्सा र भाँडाकुँडा तोडफोड गर्दै श्रीमतीले लगाएको गहना जतिया र तिलहरीसमेत लुटेको कुशवाहाले बताए ।

आइतबार साँझ सिम्रौनगढ नगरपालिका– ५ सानो इटवाल निवासी राजकिशोर पटेलसंग रामजनमप्रसाद कुशवाहाको छोरा रामप्रवेश कुशवाहा र राजकिशोर कुशवाहाको विवाद भएको थियो । पटेलले मन्दिर क्षेत्रमा पिसाब फेरेको निहुँमा कुशवाहाका छोराहरूको विवाद भएको थियो । त्यही विवादका क्रममा कुशवाहाका छोरा र उनका साथीहरूले पटेललाई कुटपिट गरी घाइतेसमेत बनाइदिएका थिए ।

यस घटनाअघि पनि रामप्रवेश र उनका साथीहरूले इटवाल गाउँका दुईजना युवकलाई कुटपिट गरेका थिए । पटकपटक कुटपिट भएको भन्दै आक्रोशित बनेको गाउँलेहरूको समूहले बदलामा कुशवाहाको घरमा तोडफोड गरेको नाम उल्लेख नगर्ने सर्तमा सानो इटवालका एकजना स्थानीयले बताएका छन् । उक्त घटनापछि दुई गाउँबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।साभार : नयाँपत्रिकाबाट

Related posts

नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

एमाले प्रवेश गर्दै शिवचन्द्र कुशवाहाले भने : ३० वर्षपछि फेरि आफनै घरमा फर्किए

MadhesKhabar

वीरगन्जबाट पोखरा जाँदै गरेको बस चुरीयामाईमा दुर्घटना, १७ जना घाइते

MadhesKhabar

Leave a Comment