Madhes Khabar
समाज हेडलाइन

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ठोरीका युवा सम्मानित

वीरगन्ज,२५असोजःजेनजी आन्दोलनमा गोली लागी घाइते भएका पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ इच्छानगरका युवा नेत्रबहादुर थापालाई सम्मान गरिएको छ ।

स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्ड कप–२०८२ कार्यक्रमको अवसरमा थापालाई पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दोशल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले न्याय, समता र रूपान्तरणका निम्ति ज्यानको पर्वाह नगरी संघर्षमा होमिएका थापाको साहस प्रशंसनीय भएको बताए । पर्सागढी नगरपालिकाका मेयर पाठकले थापाको आत्मबलले पर्सा जिल्लाबासीको गौरव बढाएको बताए ।
थापालाई प्रदान गरिएको सम्मानले देशभरका युवा पुस्तामा समानता र रूपान्तरणको भावना जागृत हुने अपेक्षा पनि उनले व्यक्त गरे ।साभारः कान्तिपुर

Related posts

पर्सामा समानुपातिकतर्फ पनि रास्वपा बन्यो पहिलो दल : कुन क्षेत्रमा कुन दलले कति पाए मत ?..

MadhesKhabar

ठोरीको एक घरमा प्रहरीले मध्यरातमा छापा मार्दा डेढ क्युन्टल बढी गाँजा बरामद,घरधनी फरार

MadhesKhabar

वीरगन्जमा सिद्धार्थ बैंकको वार्षिकोत्सवमा ५३ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment