वीरगन्ज,२५असोजःजेनजी आन्दोलनमा गोली लागी घाइते भएका पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ इच्छानगरका युवा नेत्रबहादुर थापालाई सम्मान गरिएको छ ।
स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्ड कप–२०८२ कार्यक्रमको अवसरमा थापालाई पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दोशल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले न्याय, समता र रूपान्तरणका निम्ति ज्यानको पर्वाह नगरी संघर्षमा होमिएका थापाको साहस प्रशंसनीय भएको बताए । पर्सागढी नगरपालिकाका मेयर पाठकले थापाको आत्मबलले पर्सा जिल्लाबासीको गौरव बढाएको बताए ।
थापालाई प्रदान गरिएको सम्मानले देशभरका युवा पुस्तामा समानता र रूपान्तरणको भावना जागृत हुने अपेक्षा पनि उनले व्यक्त गरे ।साभारः कान्तिपुर

