Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बेल्वामा जंगलको काठ बेच्ने चिरान मिलमा छापा : काठसहित २ जना पक्राउ

वीरगन्ज,११असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा रहेको एक चिरान मिल(स मिल) मा सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले छापा मारेर ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । बेल्वामा रहेको चिरान मिलमा वन कार्यालय र सशस्त्र प्रहरीको टोलीले छापा मारेर ५ थान गोलिया (१८ घनफिट)काठ बरामद गरको हो । त्यसक्रममा चिरान मिलाबाट दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ पनि गरेको छ ।

सब डिभिजन वन कार्यालय सबैया र सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुरको संंयुक्त टोलीले चिरान मिलमा छापा मारेर ५ वटा गोलिया काठसहित वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ प्रसौनीका क्यामोदिन मिया हजाम र वडा नम्बर २८ का जयलाल ठाकुरलाई पक्राउ गरेको हो । काठसहित पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको रेन्जर भुपाल रोकायाले बताए ।चिरान मिलमा काठ ल्याएर बेच्नहरुको खोजी भइरहेको पनि उनले बताए ।

सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुरका सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीका अनुसार,बिहान विशेष सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले चिरान मिलमा पुगेर छापा मारेको थियो । तर टोली पुग्नुभन्दा पहिले नै उक्त चिरान मिलमा काठ ल्याएर झार्ने पिकअप भ्यान त्यहाँबाट गइसकेको थियो । उक्त पिकअप भ्यानको नम्बर खुल्न नकसकेपनि त्यसको खोजी कार्य भइरहेको उनले बताए ।

स्थानीयबासीका अनुसार,सशस्त्र प्रहरी र वन कार्यालयको टोली चिरान मिलमा पुग्नु अगावै ना १३ प १०४८ नम्बरको पिकअप भ्यानबाट उक्त काठ ल्याएर चिरान मिलमा झारिएको थियो।

Related posts

पर्सामा भूमीहिन र सुकुम्बासीलाई भूमी आयोगद्वारा निस्सा वितरण गर्न सुरु

MadhesKhabar

आजदेखि निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

MadhesKhabar

वीरगन्जको लिंकरोड नजिकै पाँच करोडको लगानीमा खुल्यो ‘होटल विराट एण्ड प्लाजा’

MadhesKhabar

Leave a Comment