Madhes Khabar
राजनीति हेडलाइन

कालिकामाईमा रिजालको घरदैलो अभियान तीव्र, स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिबद्धता सार्वजनिक

वीरगंज १,फागुन:पर्सा क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले आफ्नो चुनावी प्रचार अभियानलाई निरन्तरता दिँदै आज कालिकामाई गाउँपालिका वडा नम्बर–४ कट्टी बालुवा तथा वडा नम्बर–३ हरिहरपुर बिर्ता क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। साथै उनले विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूले आफ्नो टोलमा उम्मेदवार रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने विश्वास दिलाएका छन्। कांग्रेस उम्मेदवार रिजालले जनताको साथ र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताउँदै परिवर्तन र विकासका लागि मतदान गर्न आग्रह गरेका छन्।

उनको घरदैलो अभियान आगामी दिनहरूमा क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ।

 

Related posts

पर्सा २ मा राप्रपा उम्मेदवार साह प्रति युवा मतदाताकाे आकर्षण बढ्दै

MadhesKhabar

प्रदेश सरकारको लापरवाहीले पर्साको सखुवा प्रसौनी जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रभावित

MadhesKhabar

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

MadhesKhabar

Leave a Comment