Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

वीरगन्ज,९फाल्गुन:हिन्दु धर्म सम्बद्ध संघसंगठनले वीरगन्ज र पर्सामा हिन्वादुवादी संगठनलाई बदनाम गराउन केहि अराजकतत्व सक्रिय भएको आरोप लगाएकाे छन्।

बुधबार वीरगन्जकाे होटल अनमोलमा पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुले यस्ताे आराेप लगाएका हुन्।पत्रकार सम्मेलनमा हिन्दुवादी अगुवा विजयप्रकाश निषादले वीरगन्जमा भएकाे शान्तिपुर्ण आन्दोलनलाई केहि घुसपैठियाहरुले बदनाम गराउन षड्यन्त्र गरेको दाबी गरे।

उनले हिन्दुवादी संगठन वा हिन्दु समाजले समाजिक सदभाव बिथोल्ने गतिविधि कहिल्यैपनि नगरेकाे जिकिर गरे।बरु फरक धर्म समुदायका केहि अराजक व्यक्तिहरुले जय श्रीराम अंकित झण्डा च्यात्ने, भगवान श्रीरामको फोटो च्यात्ने जस्ता घृणित कार्य गरेको आराेप लगाँउद‌ उनले मंगलबार राति जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे सहमतिमा एक हप्ताभित्रै ती अराजक व्यक्तिहरुलाई पक्राउ गरि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएको बताए।

वीरगन्जमा कर्फ्यु लागेका बेला पक्राउ परेका २१ जनालाई बिना शर्त रिहा गराएको पनि निषादले पत्रकार सम्मेलनमा जानकारी गराए।

साेमबार वीरगन्जको ईदगाह चाेकमा समाचार संकलनका क्रममा पुगेका पत्रकार साैरभ साह माथि भएको आक्रमणको घोर भत्सर्ना गर्दै उनले साहकाे मोटरसाईकलमा भएकोे क्षतिपुर्तिको माग गरिएको जानकारीपनि गराए।

पत्रकार सम्मेलनमा हिन्दु समाजका अगुवाहरु प्रज्वलमान सिंह, अभिषेक तिवारी,रन्जन सिंह राजपूत,विशाल झा,राजा गुप्ता, सागर साह, दिपेन्द्र सर्राफ लगायतकोपनि उपस्थिती थियो ।

Related posts

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

MadhesKhabar

वीरगन्ज नाकामा भारतीय एसएसबीले चलायो गोली (अपडेट)

MadhesKhabar

बाराको महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

MadhesKhabar

Leave a Comment