Madhes Khabar
धर्म/संस्कृति

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा


फाइल फोटो

काठमाडौं, १२ असार : सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले मंगलबार सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा वीरगन्जसहित देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मका मौलानाहरु बताउछन् ।

Related posts

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

MadhesKhabar

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

MadhesKhabar

वीरगन्जमा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

MadhesKhabar

Leave a Comment