Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

मधेसखबर
वीरगन्ज,२५ चैत : श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा वीरगन्जमा शनिबार बृहत शोभायात्रा निकालेर हिन्दु धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

वीरगन्जको घण्टाघरबाट शुरु भएको भगवान हनुमानको शोभायात्रामा वीरगन्ज महानगरका अधिकांश वडाका हिन्दु धर्र्म प्रति आस्था राख्ने सर्वसाधरणले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए । शोभायात्राले वीरगन्ज महानगरको शहरी क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।

हिन्दु धर्मको प्रतिक तरबार, त्रिशुल सहित भगवा झण्डा , डिजे र भगवान हुनमानको झाँकी सहित शोभायात्रात्रमा सहभागीहरुले जय श्रीरामको जयकारा लगाउदा शनिबार दिउँसो देखि साँझ सम्म वीरगन्ज शहर पुरै जयश्रीरामको नाराले गुन्जयमान भएको शोभायात्रमा सहभागी वीरगन्ज १० घडीअर्वाका अजय कुमार गुप्ताले बताए ।

शोभायात्राका बेला वीरगन्जको घण्टाघर देखि अलखीयामठ सम्मको मनेरोड यात्रामा सहभागीहरुको भिडले खचाखच भरिएको थियो । कुनै अप्रिय घटना हुन नदिन शनिबार दिउँसो देखि नै वीरगन्ज नगरक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारी संख्यामा परिचालन पनि गरिएको थियो ।

यस्तै शोयात्रामा सहभागीहरुका लागि हिन्दुवादीका साथैै विभिन्न संघसंगठनहरुले नगरका विभिन्न स्थानमा सर्बत र पानीको स्टल पनि राखेका थिए । यस्तै नेपाल मुस्लिम युवा समाजले पनि घण्टाघर क्षेत्रमा सर्बतको स्टल राखेको थियो ।


भगवान हनुमानको जन्मदिनको दिन गत बिहीबार वीरगन्जको महावीरस्थान मन्दिर क्षेत्रमा महाआरतीको पनि आयोजना गरिएको थियो । उक्त महा आरती समारोहमा पनि व्यापक जनसहभागीता भएको थियो ।

Related posts

वीरगन्जको बसपार्कमा प्रहरीको अप्रेशन :यात्रुहरुलाई हैरान पार्ने र ठग्ने १८ बिचौलिया पक्राउ

MadhesKhabar

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा :वीर्तामा सुबेदी , श्रीपुरमा मगर र पोखरियामा पौडेल आउँदै

MadhesKhabar

वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने

MadhesKhabar

Leave a Comment