वीरगन्ज,२६पुष: पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वास्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालय परिसरमा संचालित नि:शुल्क परिवार नियोजन बन्ध्याकरण शिविरमा परिवार नियोजन गराएका महिलाहरुलाई कम्बल वितरण गरिएको छ ।
सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन बन्ध्याकरण गराएका २९ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गरेको पालिकाका स्वास्थ्य शाखा संयोजक नरेश चौहानले बताए ।
नि:शुल्क परिवार नियोजन बन्ध्याकरण शिविर शुक्रबारसम्म चल्ने संयोजक चौहानले बताए।