Madhes Khabar
स्वास्थ्य

स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर पर्सामा एक जनाकाे मृत्यु 

वीरगन्ज,१९मंसिर:पर्सामा स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।
मृत हुनेमा पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ मनिहर्वाका चाेकट साह तेली रहेका छन्।मंगलबार दिउँसो १ बजेतिर बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भाेल्टकाे तारमा   छुन पुग्दा करेन्ट लागेर तेलीकाे घटनास्थलमै मृत्यु भएकाे प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले बताए ।
तेलीकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।

Related posts

नेपालमा कोरोनाले थप दुइ जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरद्वारा सञ्चालित स्वास्थ्य ल्याबमा मेयर सिंहकाे छड्के अनुगमन

MadhesKhabar

नारायणी अस्पतालमा एमआरआई सेवा नहुदा बिरामीलाइ समस्या

MadhesKhabar

Leave a Comment