Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज महानगरद्वारा सञ्चालित स्वास्थ्य ल्याबमा मेयर सिंहकाे छड्के अनुगमन

वीरगन्ज,२५पुस:वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३ स्थित मालपाेत कार्यालय चाेकमा सञ्चालनमा ल्याएकाे स्वास्थ्य परिक्षण ल्याब(प्रयोगशाला) मा बिहीबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गरेका छन्।

 

बिहीबार बिहानै प्रमुख प्रशासकीय अधिकृत अरविनणद लाल कर्णसंगै अचानक ल्याबमा पुगेर छड्के अनुगमन गरेका मेयर सिंहले ल्याबबाट प्रदान भइरहेका सेवा,उपकरणको अवस्था लगायतका बारे ल्याबमा कार्यरत स्वास्थ्य प्राविधिकहरुसंग जानकारी लिए ।त्यसक्रममा उनले आम नागरिकका लागि सर्वसुलभ सेवा दिन महानगर आँफैले ल्याब सञ्चालनमा ल्याएकाले त्यसलाई ध्यानमा राखेर अझ सहज र गुणस्तरीय सेवा दिन ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशनपनि दिए।

स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदैं मेयर सिंहले भने,`ल्याबले दिने सेवाकाे गुणस्तरमा कुनै सम्झाैता हुनुहसदैन।साथै सेवाग्राहीबाट कुनै गुनासाेपनि आउनु हुदैन।यी कुरालाई ध्यानमा राखेर काम गर्नुहाेला।´

मेयर सिंहले ल्याबलाई अझ प्रविधियुक्त बनाउन र सेवा विस्तारका लागि आवश्यक उपकरण ,जनशक्ति महानगरवालिकाले थप गर्ने याेजना रहेको सुनाए ।

वीरगन्ज महानगरबासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण(ल्याब) सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरपालिकाले ३३ लाख रुपैयाँको लागतमा चार काेठे भवन निर्माण गरेर २०८० साल असाेजदेखि आफ्नै स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।उक्त ल्याबमा ५४ प्रकारका परिक्षण हुने गरेको छ।

 

प्रयोगशालामा सीबीसी १ सय ७५रुपैयाँ , लिभर फंक्सन टेस्ट २ सय रूपैयाँ र लिपिट प्रोफाइल टेस्ट ३ सय रुपैयाँमा नै परीक्षण गर्ने गरिएको छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।

 

बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा ल्याबबाट उपलब्ध छ।त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगाैला पिडित, क्यान्सर पिडित, एचआईभी संक्रमित, सहिद परिवार र मधेस आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको छ ।

Related posts

पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन कांग्रेसको अहम् भुमिका छ : मन्त्री क्षेत्री

MadhesKhabar

विश्व मानसिक स्वास्थ्य दिवसमा वीरगन्ज महानगरद्वारा सचेतनामुलक कार्यक्रम आयोजना

MadhesKhabar

कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल

MadhesKhabar

Leave a Comment