Madhes Khabar
शिक्षा हेडलाइन

एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण

काठमाडौं,१९ चैत : माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।बिहीबार (आज) देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।

‘पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी छ,’ उनले भने ।केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम हुनेछ । जुन विद्यालयको विद्यार्थी हो त्यो विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन् ।

‘आफ्नो विद्यालयको शिक्षकले आफ्नो विद्यार्थीको परीक्षण गर्न मिल्दैन । एउटा विद्यालयको शिक्षकले अर्को विद्यलयको विद्यार्थीको परीक्षण गर्नेगरी रोस्टर बनाएको छ,’ नियन्त्रक अधिकारीले भने ।

परीक्षण र एक मिहनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसर्ईईका लागि फारम भरेका छन् । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।साभारःअनलाइनखबर

Related posts

जन्मदिनमा युवा उद्यमी अग्रवालले रक्त सञ्चार केन्द्रलाई दिए नगद २१ हजार

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

सेवासुविधा थपिएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढ्याे

MadhesKhabar

Leave a Comment