Madhes Khabar
अन्तर्राष्ट्रिय

बर्षाले नेपालमा भएको क्षतिबारे दुःख व्यक्त गर्दै मोदीले भने : जुनसुकै सहयोग गर्न तयार छौं

काठमाडौं,१९ असोज :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनैपनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् ।‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् ।

वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ ।अहिले विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा छन् ।सभारः अनलाइनखबर

Related posts

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

MadhesKhabar

कश्मीरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

MadhesKhabar

सलमान खानकाे घरमा गाेली चलाउने दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment