Madhes Khabar
स्थानिय

शिक्षक नियुक्तीको परीक्षामा घुस लिने प्रधानाध्यापक र बिचौलिया वीरगन्जबाट पक्राउ

रौतहट,२५असोज :रौतहटको देवाही गोनाही नगरपालिका –९ धरहरीस्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी (बिचौलिया)अरबिन्द प्रकाश साह पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोगको टोलीले शुक्रबार राति प्रधानाध्यापक साहलाई रौतहटस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। साहका सहयोगी अरविन्दलाई भने वीरगन्जबाट पक्राउ गरेको गरिएको हो।

अख्तियार स्रोतका अनुसार प्रधानाध्यापक साहले विद्यालयमा शनिबार हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको जानकारी अख्तियारसम्म पुगेको थियो। उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द पनि अख्तियारको फन्दामा परेका हुन्।

वीरगन्जका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए र उनीसँगै रकम मागिएको थियो। ती शिक्षककै सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट खटिएको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई शुक्रबाराति रंगेहात पक्राउ गरेपछि टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाई समेत नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार रातिनै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ। रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले प्रधानाध्यापक साहलाई अख्तियारको टोलीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं लगेको पुष्टि गरे ।

Related posts

पर्सामा एमालेको कारबाही प्रकरण : अध्यक्ष थारुले भ्रम छरेको अन्सारी र गुप्ताको भनाइ

MadhesKhabar

जिराभवानी गाँउपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिदैं ल्यायो ३४ करोड बढीको बजेट

MadhesKhabar

पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने वडाध्यक्षका छोरालाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment