Madhes Khabar
स्थानिय

पर्सामा एमालेको कारबाही प्रकरण : अध्यक्ष थारुले भ्रम छरेको अन्सारी र गुप्ताको भनाइ

मधेसखबर
वीरगन्ज,१७ मंसिर : नेकपा एमालेका नेताहरु एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिदा पार्टी भित्रको विवाद झन छताछुल्ल भएको छ ।

शनिबार बसेको एमाले पर्सा सचिवालयको बैठकले निर्वाचनमा अन्तर्घात गरेको भन्दै केन्द्रिय सदस्य प्रभु हजरा , प्रदेश कमिटी सदस्य बसरुद्धिन अन्सारी , जिल्ला सचिव मनोज गुप्ता सहित १६ जनालाई पार्टीबाट निष्काशन र २६ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जिल्ला अध्यक्ष जय प्रकाश थारुले जानकारी गराएका थिए ।

यो खबर विभिन्न सन्चार माध्यम मार्फत सार्वजनिक भएलगत्तै कारबाहीमा परेका नेताहरुले भने सचिवालय बैठकले कसैलाइ पनि कारबाही गर्ने निर्णय नगरेको र जिल्ला अध्यक्ष थारुले भ्रम छर्ने काम मात्रै गरेको भन्दै प्रतिक्रिया दिएका छन् ।

कारबाहीको समाचार सार्वजनिक भए लगत्तै एमाले मधेस प्रदेश कमिटी सदस्य बसरुद्धिन अन्सारीले सामाजिक सन्जाल मार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै सन्चार माध्यममा आएका कारबाही गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार बसेको सचिवालय बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा तल्लो कमिटीबाट दोषी देखिएका माथि यथेष्ट प्रमाण संकलन गरेर पार्टीले विधान अनुसार कारबाही गर्ने अन्सारीले बताएका छन् ।

पार्टी विपरितका गतिविधी र गलत सुचना सम्प्रेषण गराएकोमा केन्द्रिय कमटिीको निर्देशनमा जिल्ला खअध्यक्ष थारुलाई तत्काल स्पष्टीकरण समेत सोधिएको अन्सारीले बताएका छन् ।

यस्तै कारबाहीमा परेको भनिएका एमाले जिल्ला कमिटी सचिव मनोज गुप्ताले जिल्ला अध्यक्ष थारुले सम्प्रेष्ण गराएको समाचारमा कुनै सत्यता नभएको दाब िगरेका छन् । शनिबार बेलुकी फेसबुकमा स्टाटस लेख्दै छिपहरमाइ गाँउपालिकाका अध्यक्ष समेत रहेका गुप्ताले एमाले सचिवालय बैठकले केन्द्रिय सदस्य सचिव १६ जनालाइ कारबाही गरेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।पार्टीको निर्णय एउटा व्याक्तिबाट नहुने भन्दै गुप्ताले पार्टी संगठन विधी र पद्धतिबाट चल्ने भएकाले एक जनाले गरेको कारबाही सदर नहुने पनि दाबी गरेका छन् ।

Related posts

शिक्षक नियुक्तीको परीक्षामा घुस लिने प्रधानाध्यापक र बिचौलिया वीरगन्जबाट पक्राउ

MadhesKhabar

पूर्वमन्त्री शर्माको पहलमा घडीअर्वामा सडक ढलान, खुशी हुदैं स्थानीयलेपनि गरे श्रमदान

MadhesKhabar

पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

MadhesKhabar

Leave a Comment