वीरगन्ज,२३असाेज: वीरगन्जका एकजना बाल अधिकारकर्मी शरण गुप्ताले अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएका छन्।
अक्टुबर १७ तारिखमा भारतको मुम्बईमा आइक्यान इन्टरनेशनल कम्पनीले प्रदान गर्ने विभिन्न विधाका पुरस्कारमध्ये शरणलाई ‘इन्टरनेशनल योङ्गेस्ट सोसल एक्टिभिस्ट’ले पुरस्कृत गर्ने भएको हाे।
वीरगन्ज महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य कनिका काैशीकका छाेरा १७ वर्षिय गुप्ता इम्प्रुभिङ वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि हुन्।
१० वर्षको उमेरदेखि नै गुप्ता बालश्रमविरुद्धकाे अभियान, बाल शिक्षा अभियान, कोरोना महामारीमा नि:शुल्क राशन तथा खाना वितरण अभियानलगायत महिला र युवा केन्द्रित सामाजिक अभियानमा लाग्दै आएका छन्।
मुम्बईमा हुने पुरस्कार वितरण समारोहमा चर्चित गायक उदीतनारायण झालगायतले पुरस्कार वितरण गर्ने बताइएको छ।
यसअघि, गुप्ता थाइल्यान्डको राजधानी बैंककमा सन् २०२२ मा भएको पुरस्कार समारोहमा ‘ग्लोबल युथ पार्लियामेन्ट्री’, त्यही वर्ष नोभेम्बरमा मलेशियाको क्वालालाम्पुरमा ‘योङ्गेस्ट प्रोफेशनल अफ दी इयर’ र ‘हन्ड्रेड हिरोज अफ मधेस’ पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।
त्यस्तै, उनी २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपाल योङ्गेस्ट सोसल एक्टिभिस्ट’ पुरस्कारबाटपनि गुप्ता पुरस्कृत भएका थिए।

