Madhes Khabar
राष्ट्रिय हेडलाइन

ब्रेक सु र भेपमा लुकाएर करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्कारी भएको सिआईबीको निष्कर्ष

काठमाडौं,१७असार : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतिय चुरोट (भेप) र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका विषयमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामग्री भेप र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको जानकारी गराएको हो।

उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ। सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्सलगायत पाँच सप्लायर्सहरूले उक्त परिमाणको सुन भित्राएको जनाएको छ। सीआईबीका प्रहरी नायब उपरीक्षक(डिएसपी) सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए।

यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए। त्यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरेको भेटिएको तिवारीले जानकारी दिए।

त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए। सिआइवीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो मागदाबी गरेको छ।साभार : अन्नपूर्णपोष्टबाट

Related posts

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे अध्यक्षमा पुन दिलिप साह कानु चयन

MadhesKhabar

पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु र सचिवमा नेविसंघकी मन्दिरा विजयी

MadhesKhabar

Leave a Comment