वीरगन्ज,१कार्तिक : वीरगन्जमा मधेस प्रदेशकै सबै भन्दा बढी नगद राशी पुरस्कारको अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा वीरगन्जमा कात्र्तिक १८ गतेदेखि ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ आयोजना गर्न लागेको हो ।
प्रतियोगिता बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले कात्र्तिक १८ देखि कात्र्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमले भाग लिने जानकारी गराए ।उनका अनुसार, प्रतियोगतामा त्रिुभवन आर्मी क्लब , नेपाल पुलिस क्लब , संकटा क्लब ,चर्च ब्वाइज युनाइटेड, झापा एफ. सी. , आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टिमले भाग लिने भएका हुन् ।
प्रतियोगिताको उपाधि उपविजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
वीरगन्जमा विगत पाँच वर्षपछि अन्र्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले बताए । उनले वीरगन्जको खेलकुद प्रबद्र्धनमा संघ र प्रदेश दुवै सरकारले उपेक्षा गरिरहेको परिपेक्ष्यमा वीरगन्जलेपनि अन्र्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्छ भन्ने सन्देश दिन यो प्रतियोगता आयाोजना गर्न लागिएको बताए ।
श्रेष्ठले भने,‘ वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशाला जीर्ण अवस्थामा छ । त्यसको जीर्णेद्वारका लागि न त संघ सरकारले न त प्रदेश सरकारले चासो लिएको छ । त्यसैले सरकारले उपेक्षा गरेपनि वीरगन्जका हामी खेलप्रेमी आँफैले अन्र्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न सक्छौ भन्ने सन्देश दिने उदेश्यले यो प्रतियाोगिता गर्न लागेका हौं ।’
यसका साथै कुनै समय फmुटबलको हबका रुपमा चर्चित वीरगन्जमा केहि वर्ष यता फुटबल खेल प्रतिको क्रेज घट्दै गएकाले फेरी फुटबलको क्रेज बढाउनका लागि पनि यो प्रतियोगिता गर्न लागिएको श्रेष्ठले बताए ।
वीरगन्जकोे आदर्शनगर रंगशालामा हुने प्रतियोेगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैया राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । सेमिफाइनलदेखिको खखेलमा भने प्रवेश शुल्क २ सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।
प्रतियोगिता आयोजनास्थल आदर्शनगर रंगशालाको दर्शक क्षमता १० हजार रहेकामा प्रतियोगिताकै लागि भनेर ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिटपनि निर्माण गरिएको जानकारी श्रेष्ठले दिए ।फाइनल खेलको अघिल्लोदिन कार्तिक २४ गते नेपाल र भारतको महिला फुटबल टिमबिच मैीपूर्ण खेलपनि हुने जाानकारी उनले गराए ।
प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगन्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष बस्नेतले बताए ।आर्थिक सहयोगका लागि अन्य प्रयोजकहरुसंग पनि छलफल चलिरहेको उनले बताए ।
अध्यक्ष बस्नेतको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा मधेस प्रदेश खेलकुद संघका महासचिव दिपक साह कानु , पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार , विनोद परियार लगायतकोपनि उपस्थिती थियो ।

