Madhes Khabar
स्थानिय हेडलाइन

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

मधेसखबर

वीरगन्ज,२४ साउन :  राष्ट्रिय भूमि आयोगले बाराको जीतपुरसिमरा र कोहल्वी नगरपालिकामा जग्गाको नाप जाँचको काम सुरु गरेको छ । आयोगले जिल्लाका १६ वटा स्थानिय तह मध्ये पहिलो चरणमा २ पालिकामा  काम शुरु गरेको हो ।

जीतपुरसिमरा, निजगढ, कोहल्वी, पचरौता, महागढीमाई नगरपालिका, सहित सुवर्ण र फेटा गाँउपालिका गरी जिल्लाको ७ वटा स्थानीय तह र आयोग बीच सम्झौता भइसकेको छ ।

राष्ट्रिय भूमि आयोगका बारा जिल्ला विज्ञ सदस्य केदार गौतमले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भन्दा बाहिर गएर पुर्जा वितरणको त्रुटिपूर्ण काम आयोगबाट नहुने बताएका छन् । ‘क्षेत्राधिकार भन्दा बाहिर गएर पुर्जा दिने अधिकार कार्यविधिमा हामीलाई छैन्,जग्गा वितरण गर्न योग्य हो कि होईन भनेर प्राविधिकबाट छनोट गरेर राष्ट्रिय भुमि आयोग जिल्ला समिति, स्थानीय तह र प्राविधिक टोली बसेर जग्गाको एकिन गरेर मात्रै जग्गा नाप्ने र लालपुर्जा दिने काम शुरु हुन्छ’ आयोगका बारा जिल्ला विज्ञ सदस्य गौतमले भने ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको हकमा ७ दिने र अव्यवस्थित बसोबासीको हकमा १५ दिनको दावी विरोधको सुचना निकालेर सोही सूचनाका आधारमा वडाबाट प्राविधिक कर्मचारी माग गरेर वडाबाट खटिएको प्राविधिक टोलीले जग्गा नापको काम शुरु गरेको आयोगले जनाएको छ ।

जिल्ला भित्र रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई गतवर्ष नै वडाले फर्म भरेर तथ्यांक संकलन गरिसकेको छ । सोही तथ्यांकको आधारमा जग्गा नाप जाँचको काम भइरहेको जनाइएको छ ।

बारा जिल्लामा पहिलोपटक २०२१/०२२ सालमा भूमिसुधार कायम भएर जग्गाको नापी शुरु भएको थियो। २०२१ सालयता ३२ वटा भूमिसम्बन्धी आयोगहरू गठन भइसकेका छन् ।

राष्ट्रिय भुमि आयोग बारा जिल्ला अध्यक्ष छविलाल उप्रेतीले यसपटकको आयोगले स्थलगत रुपमा जग्गाको नाप जाँचका गरेर पुर्जा दिने जनाएका छन् । सरकारले २०२१/०२२ सालको  भुमि सम्वन्धि कानुनलाई शंसोधन गरेर २०७७/०७८ कानुन निमार्ण गरेको छ । अध्यक्ष उप्रेतीले नयाँ भुमि सम्वन्धि कानुनले छरिएर बसेका जनताहरु बाहेक जंगलभित्र जंगल मासेर बसोबास गरेकाहरूलाई पनि एकपटक सरल किसिमले लालपुर्जा दिने वर्तमान सरकारको निति रहेको बताएका छन् ।

‘कानुनी रुपमा कुनै अड्चन नआओस् भनेर सरकारले स्थानिय तहलाई फारम भर्ने जिम्मा दिएको छ, तर उहाँहरूसँग विज्ञ टोली नभएको कारण जग्गा नाप जाँचको काम ढिला भएको हो’ उप्रेतीले भने ।

सरकारको नेतृत्व परिवर्तन भए पिच्छे राष्ट्रिय भुमि आयोगको केन्द्रदेखि स्थानिय तहसम्मको कार्यसमिति र कर्मचारी हेरफेर हुने भएकोले आयोगको काम सुस्त भएको हो । बारा जिल्लाको हकमा बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन,कार्यपालिका र जिल्ला समन्वय समिति निर्वाचनका कारण आयोग गठन भएको ३ महिनापछि मात्रै  काम शुरु भएको अध्यक्ष उप्रेतीले जनाए ।

‘२०५२ सालमा स्थानियहरुले आयोगलाई निवेदन दिने, आयोगले नापी पठाउने र फिल्ड प्रमाणित गरेर खरदार र सुब्बा खटाएर हातको हातै लालपुर्जा दिने प्रचलन थियो,तर अहिले सम्पुर्ण दायित्व जनप्रतिनिधिलाई दिएको छ तर, उहाँहरूसँग प्राविधिक ज्ञान नहुदाँ  पनि काम ढिला भएको छ’ अध्यक्ष उप्रेतीले भने ।

Related posts

पर्साका वनजङ्गल यसपालि डढेलाेबाट सुरक्षित

MadhesKhabar

सहकारी ठगीकाे अनुसन्धानका लागि रवि लामिछानेलाई ल्याइयाे वीरगन्ज

MadhesKhabar

वीरगन्जमा थप सिसिटिभी क्यामेरा जडानका लागि बैंकहरुले दिए १७ लाख ७५ हजार रुपैयाँ

MadhesKhabar

Leave a Comment