Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्सा, बारासहित मधेसका आठ वटै जिल्लामा डीजे बाजा नियन्त्रण गर्ने सरकारको निर्णय

जनकपुरधाम, १७ जेठः मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले पर्सा, बारासहित मधेस प्रदेशका आठ वटै जिल्लामा बढ्दै गएको डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने भएको छ ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि सार्वजनिक स्थलमा प्रयोग हुने डीजे तथा अन्य अत्याधिक आवाज निकाल्ने उपकरणलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने लगायतको निर्णय पनि बैठकले गरेको छ ।यसका लागि प्रहरीलाई निर्देशन दिइसकेको मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले बताए ।

बैठकले मधेस भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थापन, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री वितरण नियन्त्रणलगायत विषयमा निर्णय गरेको छ।

गृह मन्त्रालयले मधेस भवन परिसरको समग्र सुरक्षा संवेदनशीलताको सूक्ष्म अध्ययन गरी विस्तृत ‘सुरक्षा मानक सञ्चालन कार्यविधि तयार गर्न १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको छ ।

मधेस भवनको दैनिक सरसफाइको जिम्मेवारी कार्यविभाजनअनुसार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिइने तथा नियमित अनुगमनको व्यवस्था मिलाइने भएको छ ।

त्यसैगरी मधेस भवनभित्र रहेको कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनाधिकृत व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै निश्चित समयसीमाभित्र खाली गराउने निर्णय गरिएको छ।

यसका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत जिन्सी शाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

बैठकले गुठीका जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएको पाइए कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन व्यवस्थापनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिने निर्णय गरेको छ। यस कार्यमा सम्बन्धित सरोकारवाला तथा सुरक्षा निकायबीच समन्वय गरिने निर्णय गरेको छ ।

फुटपाथ तथा अनाधिकृत संरचना व्यवस्थापनका विषयमा स्थानीय तहले बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन तथा अतिक्रमण हटाउने कार्यमा सुरक्षा निकायको सहयोग मागे आवश्यक सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ।साभारःअनलाइनखबर

 

Related posts

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

घण्टाघरको सडक बनाउदा अख्तियारको अवरोध , मेयर सिंह भन्छन् : जनहितका लागि अख्तियार धाउन तयार छु

MadhesKhabar

ठोरीमा एकैसाथ बाघ र हात्तीले आतंक मच्चाउँदा स्थानीयबासी त्रसित

MadhesKhabar

Leave a Comment