Madhes Khabar
हेडलाइन

घण्टाघरको सडक बनाउदा अख्तियारको अवरोध , मेयर सिंह भन्छन् : जनहितका लागि अख्तियार धाउन तयार छु

मधेसखबर
वीरगन्ज,०१ असार :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनहितमा काम गर्न खोज्दा पनि कानूनी अड्चन आएको बताएका छन् ।

ज्येष्ठ नागरिक प्रति दुव्र्यवहार विरुद्धको विश्व जनचेतना दिवसका अवसरमा बुधबार वीरगन्जको लक्षणवा पार्कमा आयोजित कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् ।मेयर सिंहले वर्षौँ देखि जीर्ण रहेको घण्टाघर देखि माइस्थान सम्मको सडक आफू आएसँगै आमनागरिकको सहजताका लागि मर्मत गर्न खोज्दा विभिन्न खाले अड्चन आएको उनले बताए । जनताको हितमा भएकाले कानुन भन्दा माथि उठेर उक्त सडक बनाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र नै काटेको सिंहले जानकारी दिए ।

मेयर सिंहले भने ‘ मैले आफनो नीजी स्वार्थको लागि नभई वीरगजसीको हितका लागि सडक मर्मत गरि कालोपत्रको काम अगाडि बढाएको हु , तै पनि अड्चन आयो ,अख्तियारले पत्र नै काटेर बोलाएको छ ।अख्तियारले पत्र काटेपनि आफु विचलित नभएको उनले बताए ।मेयर सिंहले भने ,‘ ‘मैले व्यक्तिगत स्वार्थका लागि कानुन तोडेर अघि बढ्न खोजेको होइन, गलत अर्थ नलागोस् , मैले त समाजका लागि, वीरगन्जवासीका लागि गरेको हुँ, त्यसका लागि जति पटक अख्तियार धाइराख्न परे पनि म धाउन तयार छु ।’सामाजिक हितका लागि काम गर्दा पनि कोही कसैले त्यो सडक किन बनाइस् भन्ने गरेको सुन्दा आश्चर्य लागेको भन्दै उनले प्रश्न गर्दै भने ,‘ के मैले घण्टाघरको सडक बनाउनु गलत थियो ? ।

कार्यक्रममा बोल्दै मेयर सिंहले लक्ष्मणवा पार्कलाई गुरु योजना अनुसार ज्येष्ठ नागरिकमैत्री बनाउने प्रतिबद्धता पनि जनाए । उनले आफू पनि अबको १०÷१५ वर्षपछि बृद्ध भइ आउने ठाउँ यही भएकाले दीर्घकालिन सोचका साथ पार्क निर्माण गरिने बताए ।मेयर सिंहले बालबालिकालाई सानैबाट उचित संस्कार दिएर हुर्काउन सके मात्रै आफू बृद्धबृद्धाहुँदा छोराछोरीले हेला गर्ने अवस्था नआउने बताए ।

ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, उद्योगी अशोक वैद्य, डा.रामअवतार खण्डेलवाल, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, श्याम पोखरेल लगायतको पनि सहभागिता थियो ।

Related posts

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

कलैयामा प्रिन्सिपल स्वर्णकारकाे हत्या गर्ने भारतका मुख्य सुटर सिंह पक्राउ

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

Leave a Comment