Madhes Khabar
स्थानिय

पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने वडाध्यक्षका छोरालाई कारबाही गर्न माग

वीरगन्ज,२७ भदौं : नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाका सदस्यसमेत रहेका गुप्तालाई फोन र म्यासेज मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिने बाराको परवानीपुर गाउँपालिका – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारका जेठा छोरा रुपेशलाई कारबाही गर्न महासङ्घले माग गरेको हो ।

महासङ्घका सचिव श्रवण प्रसाद साहले बुधवार एउटा विज्ञप्ति जारी गर्दै समाचार लेखेको निहुँमा पत्रकार गुप्तालाई रुपेशले सामाजिक सञ्जाल र फोन मार्फत डर, धम्की र नानाथरिका गालीगलौज गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल फोटो पत्रकार पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्ति मार्फत उनले गलौच गर्दै धम्की दिएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग माग गर्दै महासङ्घले पत्रकार गुप्ता सुरक्षाप्रति संवेदनशील हुन् पनि माग गरेका छन् । ‘घटनामा संलग्नहरूमाथि आवश्यक कारबाही र पत्रकार गुप्ताको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रह छ,’ विज्ञप्ति लेखिएको छ ।

समाचारप्रति असहमति भएको खण्डमा त्यसविरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथि गालीगलौज गर्नु अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने सम्मको धम्की दिएको घटना लोकतान्त्रिक शासन व्यवस्था र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासङ्घको ठम्याइ छ । पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि आँच आउने गतिविधिहरू नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न महासङ्घले अपिल पनि गरेको छ ।

आफ्ना पिताका विरुद्ध समाचार लेखेको भन्दै परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारको छोरा रुपेशले गुप्तालाई मङ्गलवार सामाजिक सञ्जाल, सन्देश र फोन मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए । गुप्ताद्वारा सञ्चालित प्रहार डेली डटकममा भदौ २४ गते गुप्ताले “जनता आवासमा भेदभाव, परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर कलवारले गरे स्थानीयमाथि हातपात” शीर्षकमा समाचार लेखेका थिए । सोही समाचारलाई निहुँ बनाउँदै कलवारका छोरा रुपेशले मङ्गलवार उनलाई फोन मार्फत मार्ने गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बुझिएको छ ।

‘आफ्नो पिताविरुद्ध समाचार लेखेको भन्दै रुपेशले सुरुमा सामाजिक सञ्जाल फेसबूकको म्यासेन्जर मार्फत नानाथरीका गालीगलौजसहितको सन्देश पठाए,’ गुप्ताले भने, ‘त्यसपछि ९८५५०३२८८८ बाट फोन गरेर गाली गर्दै ज्यान मार्ने धम्की दिए ।’ फोन मार्फत दिइएको गालीगलौज र धम्कीको रेकर्डिङ आफूसँग रहेको राहुलले बताए । उनले रुपेशविरुद्ध गुप्ताले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी पनि दिएको बताए ।

के थियो गुप्ताले लेखेको समाचारमा ?

गुप्ताले वडाध्यक्ष कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार लेखेका थिए । समाचारमा नेकपा एमालेका युवा नेता उमेश गुप्तासँग जनता आवास कार्यक्रम मार्फत आफ्नो घर बनाउनुका निमित्त निवेदन दिन पुगेका स्थानीयहरूमाथि वडाध्यक्ष कलवार दुर्व्यवहार गर्नुका साथै हातपात गरेको विषय लेखिएको थियो ।

समाचारका अनुसार वडाध्यक्ष कलवारले आफू निकटका व्यक्तिहरूको मात्र निवेदन भर्न लगाएको स्थानीयहरूले आरोप लगाएका थिए ।

Related posts

पर्साकाे छिपहरमाई गाउँपालिकामा वारुण यन्त्र उपलब्ध गराउने मन्त्री लेखीकाे घाेषणा

MadhesKhabar

सरावगीको पहलमा लोसपाका वडा अध्यक्ष साह एमालेमा प्रवेश

MadhesKhabar

गणतन्त्र दिवसमा वीरगन्जको पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण र सरसफाई

MadhesKhabar

Leave a Comment