Madhes Khabar
स्थानिय

सरावगीको पहलमा लोसपाका वडा अध्यक्ष साह एमालेमा प्रवेश

मधेसखबर
वीरगन्ज, १८ बैशाख
:वीरगन्ज महानगरमा नेकपा एमालेले दिनहु घरदैलो कार्यक्रमसंगसंगै पार्टी प्रवेश कार्यक्रमलाइ पनि निरन्तरता दिएको छ ।
एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले महानगरका वडाहरुमा बिहान र बेलुकी चुनावी घरदैलो र रात्रीसभा गर्दै आएका छन् ।
दिउसोको समयमा भने दिनु पार्टी प्रवेश कार्यक्रम गरेर अन्य दलका नेता कार्यकर्तालाइ दिनहु एमालेमा प्रवेश गराइ रहेका छन् ।
यसैक्रममा आइतवार दिउसो सरावगीकै पहल र सकृयतामा वीरगन्ज महानगर वडा नम्बर १७ का लोसपाका वडा समितिका अध्यक्ष छोटेलाल साहलाइ सरावगीले एमालेमा प्रवेश गराएका छन् ।
आइतवार दिउसो आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वडा अध्यक्ष साहसंगै ६ जना नेता एमालेमा प्रवेश गरेको सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिए । नवप्रवेशीहरुलाइ सरावगीले अबीरको टिका लगाएर पार्टीमा स्वागत गरे ।
एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार सरावगीले महानगरमा यसपाली एमालेको जनलहर बढेकाले दिनहु अन्य पार्टीका स्थापित नेता कार्यकर्ताहरु थुप्रै संख्यामा एमालेमा प्रवेश गरिरहेको बताए ।

Related posts

पोखरियामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र

MadhesKhabar

वीरगन्जमा युवा उद्यमीहरुले थालेको काम प्रशंसनीय छ : मेयर सिंह

MadhesKhabar

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न चेकजाँचमा कडाई गर्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment