Madhes Khabar
स्थानिय

सरावगीको पहलमा लोसपाका वडा अध्यक्ष साह एमालेमा प्रवेश

मधेसखबर
वीरगन्ज, १८ बैशाख
:वीरगन्ज महानगरमा नेकपा एमालेले दिनहु घरदैलो कार्यक्रमसंगसंगै पार्टी प्रवेश कार्यक्रमलाइ पनि निरन्तरता दिएको छ ।
एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले महानगरका वडाहरुमा बिहान र बेलुकी चुनावी घरदैलो र रात्रीसभा गर्दै आएका छन् ।
दिउसोको समयमा भने दिनु पार्टी प्रवेश कार्यक्रम गरेर अन्य दलका नेता कार्यकर्तालाइ दिनहु एमालेमा प्रवेश गराइ रहेका छन् ।
यसैक्रममा आइतवार दिउसो सरावगीकै पहल र सकृयतामा वीरगन्ज महानगर वडा नम्बर १७ का लोसपाका वडा समितिका अध्यक्ष छोटेलाल साहलाइ सरावगीले एमालेमा प्रवेश गराएका छन् ।
आइतवार दिउसो आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वडा अध्यक्ष साहसंगै ६ जना नेता एमालेमा प्रवेश गरेको सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिए । नवप्रवेशीहरुलाइ सरावगीले अबीरको टिका लगाएर पार्टीमा स्वागत गरे ।
एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार सरावगीले महानगरमा यसपाली एमालेको जनलहर बढेकाले दिनहु अन्य पार्टीका स्थापित नेता कार्यकर्ताहरु थुप्रै संख्यामा एमालेमा प्रवेश गरिरहेको बताए ।

Related posts

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

भास्करद्वारा वीरगन्ज महानगरपालिकालाई ५ थान ल्यापटप सहयोग

MadhesKhabar

तिहार र छर्ठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन पर्साका सिडिओ रेग्मीको आग्रह

MadhesKhabar

Leave a Comment