Madhes Khabar
स्थानिय

तिहार र छर्ठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन पर्साका सिडिओ रेग्मीको आग्रह

वीरगन्ज,२०कार्तिक : पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तिहार र छठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन जिल्लाबासीसंग आग्रह गरेका छन् ।

सगरमाथा टेलिभिजन र राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगन्जमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले चाडपर्वको समयमा बढी घटनाहरु हुने प्रवृत्ति रहेकोले यसको नियन्त्रणमा समाजको पनि दायित्व र भूमिका हुने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्सामा पछिल्लो समयमा सुरक्षा निकायलाई नै चुनौती बढेकोले सुरक्षा कडा पार्नु पर्नेमा जोड दिए ।महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले प्रहरी प्रशासन नागरिकको सुरक्षामा ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थमा लागेको नागरिकले महशुस गरेको बताए ।

सगरमाथा टेलिभिजन पर्साका सम्वाददाता प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, कम्प्युटर एशोसिएसन पर्साका अध्यक्ष प्रशान्त कुमार लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

आगजनी र लुटपाटबाट वीरगन्ज महानगरपालिकामा मात्रै १ अर्ब १५ करोड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

कलैयाका क्याम्पस चिफ हत्या प्रकरण :मुख्य ‘सुटर’ एसपीलाई नै चक्मा दिएर फरार

MadhesKhabar

वीरगन्जको आदर्शनगर स्थित हजारीमलको जग्गामा वृक्षारोपण

MadhesKhabar

Leave a Comment