Madhes Khabar
स्थानिय

वीरगन्जको आदर्शनगर स्थित हजारीमलको जग्गामा वृक्षारोपण

मधेसखबर
वीरगन्ज,१५चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको हजारीमल धर्मशालाको खाली जग्गामा बुधबार वृक्षारोपण गरिएको छ ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ,वीरगंज महानगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनको सयुक्त आयोजना वृक्षारोपण गरिएको हो ।

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका गरि १ सय ५० वटा विरुवा रोपिएको ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

उक्त कार्यक्रममा उपमेयर आलमले वातावरण स्वच्छ राख्न र मानव स्वास्थ्य दुवैका लागि बोटविरुवाको भूमीका रहेका कारण आ आफनोे टोलमा सबैले वृक्षारोपण गर्नु पर्ने बताए ।

खेतानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक कोमल शाह,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विदुर शिवाकोटीका साथै अन्य संघसंस्थाका प्रतिनिधनीहरुको पनि सहभागिता रहेको थियो ।

Related posts

पर्सा : पालिकाको पशु कार्यालय सञ्चालित भवन प्रहरीले डोजर लगाएर भत्काई दियो

MadhesKhabar

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरुको बन्ध्याकरण सुरु

MadhesKhabar

Leave a Comment