Madhes Khabar
स्थानिय

पर्साकाे छिपहरमाई गाउँपालिकामा वारुण यन्त्र उपलब्ध गराउने मन्त्री लेखीकाे घाेषणा

वीरगन्ज,१९बैशाख:मधेस प्रदेश सरकारका सुचना सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीले शुक्रबार पर्साकाे छिपहरमाई गाउँपालिकाको सिमावर्ती भिस्वा र बुडगाई नाकाको स्थलगत निरिक्षण गरेका छन्नाकासंगै त्यहाँ रहेका प्रहरी चौकीको पनि अनुगमन गरे।

अनुगमनकै क्रममा मन्त्री लेखीले छिपहरमाई गाँउपालिकामा वारुणयन्त्र(दमकल) उपलब्ध गराउने घाेषणा पनि गरे।छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकामा दमकल नहुदाँ समस्या भएकाे बताएपछि मन्त्री लेखीले प्रदेश सरकारको तर्फबाट गाँउपालिकालाई दमकल उपलब्ध गराउने प्रतिबद्धता जनाए।

साथै उनले बुढगाई प्रहरी चौकीको भवन जिर्ण रहेकोले नयाँ प्रहरी चौकी निर्माण गर्ने आश्वासनपनि दिए।शान्ति सुरक्षालाई मध्यनजर गरि प्रहरी चौकीलाई मोटरसाइकलको ब्यवस्थापन गरिदिने पनि उनलेे बताए ।

 

अनुगमनका क्रममा मन्त्री लेखीसंगै छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता ,वडाध्यक्ष मौजिलाल साह ,पुर्व वडाअध्यक्ष राजबली यादव, युवा संघ पर्साका अध्यक्ष सुबास साह ,रामएकबाल पटेल,शिक्षक मनोज पटेललगायतको पनि सहभागिता थियाे।

Related posts

शौचालयको फोहोर सोझै नालामा खसाउने होटललाई वीरगन्ज महानगरले तिरायो २५ हजार जरिबाना

MadhesKhabar

जगरनाथपुरमा तीन करोडको लागतमा निर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

MadhesKhabar

मापदण्ड विपरित पत्रकार महासंघ पर्साले बुझाएको शुद्धीकरण नामावली खारेज गर्न माग

MadhesKhabar

Leave a Comment