Madhes Khabar
स्थानिय

वीरगन्जको सिर्सिया पुलमा भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

सांकेतिक तस्बिर ।

वीरगन्ज,१७मंसिर:वीरगन्जमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्युु भएको छ।पावरहाउस चाेकबाट ड्राइपोर्ट जाने सडकखण्डमा पर्ने सिर्सिया पुलमा भएकाे मोटरसाईकल दुर्घटनामा ३५ वर्षिय पुरुषको मृत्यु भएको हाे ।

आइतबार राति करिब सवाँ ९ बजे भएको दुर्घटनामा प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलका चालक पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ३५ वर्षिय जटाशंकर प्रसाद जयसवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

 

अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए ।

Related posts

वीरगन्ज अशान्त बन्दै गएपछि निषेधाज्ञा हटाएर कर्फु लगाइयो

MadhesKhabar

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

MadhesKhabar

वीरगन्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment