 वीरगन्ज,१४कात्तिकःवीरगन्जमा शुक्रबार बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका कार्यालयको अगुवाई तथा भारतीय महावाणिज्य दूतावास र ग्रिनसीटी सामुदायिक सेवा केन्द्रको सहभागितामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण गरिएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका १ सय वटा विरुवाहरु रोपिएको ग्रिनसीटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रममा मेयर सिंहले वृक्षारोपण यस्तो अभियानले वीरन्ंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउने अभियानलाई थप बल मिल्ने बताउँदै विरुवा रोपेर मात्र नपुग्ने भन्दै रोपिएका विरुवाहरुको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुनुपर्ने धारणा व्यक्त गरे ।
वृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत डिएस मिना ,प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवाल लगायतकाकोपनि सहभागिता थियो ।