Madhes Khabar
स्थानिय

पर्सामा साढे १५ किलो चरेससहित एक युवक पक्राउ

वीरगन्ज, ७ असार : पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ देवरियाबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साकै छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले देउरियाबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको बस्नेतले जानकारी दिए ।

 

Related posts

सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार झालाई प्रदान

MadhesKhabar

भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ, ३७ लाखको सुनचाँदीका गरगहनापनि बरामद

MadhesKhabar

मधेसका मुद्दालाई सत्तामा पुग्ने भरयाङ बनाएका मधेसी दललाई जनताले ठेगान लगाइ दिए : सिके राउत

MadhesKhabar

Leave a Comment