Madhes Khabar
स्थानिय हेडलाइन

सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार झालाई प्रदान

वीरगन्ज, १ भदौं :सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई प्रदान गरिएको छ ।्
प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार झालाई प्रदान गरिएको हो ।

वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतिक प्रकाशन समूहले स्थापना गरेको उक्त पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एंव खोज पत्रकारिता केन्द्रका अध्यक्ष समेत रहेका झा यस वर्ष पुरस्कृत भएका हुन् ।

प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र प्रतिक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले संयुक्त रुपमा झालाई दोशल्ला ओढाएर ५१ हजार नगद राशीको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, लोसपाका नेता निजामुदिन समानी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ, स्वर्गीय फोटो पत्रकार सुबोध सिंहका दाई सुदर्शन सिंह लगायतकोपनि उपस्थिती थियो ।

Related posts

भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन,भोजपुरी भाषा , संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिँहको आग्रह

MadhesKhabar

१५ लाख भन्दा बढी खर्च गरेर घडिअर्वा छठघाटकाे सजावट

MadhesKhabar

पर्साका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

MadhesKhabar

Leave a Comment