Madhes Khabar
राजनीति हेडलाइन

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

मधेसखबर
वीरगन्ज ,२१ असोज : नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूमा पर्साबाट तीन जना परेका छन् ।एमालले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सुचीमा पर्साबाट दुइ महिला सहित तीन जनाको नाम परेको हो ।

पर्साबाट केन्द्रिय सदस्यद्वय प्रभु हजरा र निर्मला देवकोटा(कोइराला तथा आशा चर्तुवृदीलाइ एमलेले सामानुपातिक उम्मेदवार बनाएको हो ।प्रभु हजराको नाम , दलित तर्फ दोश्रो नम्बरमा छ भने देवकोटाको नाम महिला तर्फ पाँचौ नम्बरमा छ । यस्तै चर्तुवेदीको नाम महिला तर्फ छैठौ नम्बरमा छ ।

एमाले पर्सा जिल्ला कार्य समितिले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारमा दर्जनौ नेताको नाम केन्द्रिय कमिटीमा सिफारसि गरेको भएपनि पार्टीले अन्तिममा आएर पर्साबाट तीन जनालाइ मात्र समानुपातिक उम्मेदवार बनाएको हो ।

(एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

Related posts

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ठोरीका युवा सम्मानित

MadhesKhabar

वीरगन्ज भन्सार : पहिलो महिनामै राजश्वको लक्ष्य पुरा गर्न असफल

MadhesKhabar

राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउन विद्राेह गर्न तयार छाैं : लिङ्देन

MadhesKhabar

Leave a Comment