Madhes Khabar
राजनीति हेडलाइन

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

मधेसखबर
वीरगन्ज ,२१ असोज : नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूमा पर्साबाट तीन जना परेका छन् ।एमालले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सुचीमा पर्साबाट दुइ महिला सहित तीन जनाको नाम परेको हो ।

पर्साबाट केन्द्रिय सदस्यद्वय प्रभु हजरा र निर्मला देवकोटा(कोइराला तथा आशा चर्तुवृदीलाइ एमलेले सामानुपातिक उम्मेदवार बनाएको हो ।प्रभु हजराको नाम , दलित तर्फ दोश्रो नम्बरमा छ भने देवकोटाको नाम महिला तर्फ पाँचौ नम्बरमा छ । यस्तै चर्तुवेदीको नाम महिला तर्फ छैठौ नम्बरमा छ ।

एमाले पर्सा जिल्ला कार्य समितिले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारमा दर्जनौ नेताको नाम केन्द्रिय कमिटीमा सिफारसि गरेको भएपनि पार्टीले अन्तिममा आएर पर्साबाट तीन जनालाइ मात्र समानुपातिक उम्मेदवार बनाएको हो ।

(एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

Related posts

पर्साका १० वटा पालिकामा छैन ‘सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था’

MadhesKhabar

राप्रपासंग चुनावी तालमेलको तयारीमा एमाले

MadhesKhabar

बाराको निजगढमा अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

Leave a Comment