वीरगन्ज,२७कार्तिकः मधेस प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउतले अबको युग दलित, मुश्लिम र आदिवासी जनजातिको हुने दाबी गरेका छन् ।
पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा सोमबार जसपाले दिपावली र छठ पर्बको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पुर्व मुख्यमन्त्री राउतले भने,‘ हिजोको समय फरक थियो । आजको समय फरक छ । अबको युग दलित, आदिवासी जनजाति र मुस्लिमको नै हुने बिश्वास मैले लिएको छु ।
मधेस आन्दोलनकै कारण आज आज मधेसी, आदिवासी जनजाति, मुस्लिम लगायत शोषण उत्पीडनमा परेकाहरु देशको मुलधारमा प्रवेश गरेको उनले बताए ।उनले अहिले जनसपाकै एजेन्डामा देश अगाडि बढिरहेको जिकिरपनि गरे ।
उपेन्द्र मुखिया बिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकार उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवार, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव ,जिल्ला सचीव तबरेज अहमद ,नेता पाठा मिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।