Madhes Khabar
राजनीति

पर्सा–२ मा रास्वपाप्रति युवाहरुको आकर्षण :एमाले वडा कमिटी अध्यक्षसहित ८० जना रास्वपामा प्रवेश

वीरगन्ज,९ फागुनः पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रास्वपा उम्मेदवार सुशीलकुमार कानुलाई समर्थन गर्दै एमालेका वडा कमिटी अध्यक्षसहित ८० भन्दा बढी युवाहरु रास्वपामा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज–१० का वडा इकाई कमिटी अध्यक्ष अशोक साह कानु, वडा सदस्यका उम्मेदवार शेखर अग्रवाल, रेनु कर्णसंगै वडा नम्बर ६ र ९ का युवाहरु रास्वपामा प्रवेश गरेका हुन् ।
कार्यक्रममा रास्वपा उम्मेदवार कानुुले नवप्रवेशीहरुलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरे । उनले रास्वपामा युवाहरूको प्रवेशले आँफु थप उत्साहित बनेको र पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना अझ सशक्त बन्दै गएको बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता लखनलाल गुप्ताले पछिल्लो समय विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको जानकारी दिए ।

 

Related posts

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

संसद विघटन गर्ने सहमति,सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

MadhesKhabar

वीरगन्जको मेयरमा १८ जना उम्मेदवार , उपमेयरमा काँग्रेसबाट इम्तियाज आलम

MadhesKhabar

Leave a Comment