Madhes Khabar
राजनीति

संसद विघटन गर्ने सहमति,सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं,२७भदाैं:पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा(संसद) विघटन गर्ने गरी सहमति जुटेको हो ।

शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका जेनजी पुस्ताका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज महानगरका वडामा रास्वपाको संगठन विस्तार सुरु

MadhesKhabar

आशिका तामाङलाई रास्वपाले दियो टिकट

MadhesKhabar

धनुषा– १ का रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश, अब के हुन्छ मातृका यादवको ?..

MadhesKhabar

Leave a Comment