Madhes Khabar
राजनीति

काठमाडौं पुगेर केन्द्रीय समिति घोषणा गर्छु : उपेन्द्र यादव

जनकपुरधाम,३२जेष्ठःजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरबाट काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्ने बताएका छन् ।

महाधिवेशनबाट १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी पाएका अध्यक्ष यादवले शुक्रबारआज जनकपुरमा पत्रकार सम्मेलन गरेर महाधिवेशन सफल भएको र केन्द्रीय समिति चाँडै घोषणा गर्ने जानकारी दिएका हुन् ।

सञ्चारकर्मीको जिज्ञासामा यादवले भने, ‘सबैलाई समेटेर सबैभन्दा राम्रो टिम बनाउने म्यान्डेड दिएको हो । अधिकार प्रत्यायोजन पनि लोकतान्त्रिक विधि नै हो ।’

जनकपुरमा जेष्ठ २८देखि जेष्ठ ३१ गतेसम्म चलेको जसपा नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका थिए । तर अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयन नगर्दै महाधिवेशन सकियो ।

चुनावबाट गर्दा समावेशी नहुने अबस्था सृजना भएपछि अध्यक्ष यादवले सर्वसम्मत चयन गर्ने अधिकार महाधिवेशनबाट मागेका थिए ।प्रतिनिधीहरुले अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गर्नुका साथै सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । त्यसपछि महाधिवेशन सकेको घोषणा केन्द्रीय निर्वाचन समितिले गरेको थियो ।साभार : नेपालप्रेसबाट

Related posts

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

MadhesKhabar

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

MadhesKhabar

फागुन २१ कोे चुनाव निष्पक्ष भएन, मधेसमा विशेष चलखेल गरियो : प्रचण्ड

MadhesKhabar

Leave a Comment