Madhes Khabar
राजनीति हेडलाइन

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

सर्लाही,११कार्तिक:सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहित २ सय ५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस मधेस प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहकाे पहलमा जसपाका केन्द्रीय सदस्य अशोक कुमार सिंह सहित २ सय ५० जना जसपा र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका सिंह गत निर्वाचनमा सर्लाहीकाे क्षेत्र नंबर ३ बाट प्रतिनिधि सभा सदस्यकाे प्रत्याशी समेत थिए ।

शनिबार सर्लाहीकाे क्षेत्र नम्बर ३ काे कांग्रेस क्षेत्रीय कार्यसमितिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सिंहका साथै नेताहरु रामनरायण राय, विरेन्द्र राय लगायतका कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

कार्यक्रममा नव प्रवेशीहरुलाई कांग्रेस मधेस प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएकाे कांग्रेस क्षेत्रीय सभापति पुण्य प्रसाद घिमिरे जानकारी दिए ।

 

कार्यक्रममा कांग्रेसका सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार, प्रदेश सभा सदस्य जंगीलाल यादव,नेता कृष्णदेव यादव,नगर सभापति उपेन्द्र महतो लगायतका नेता कार्यकर्ताकाेपनि सहभागिता रहेको थियो ।

Related posts

१५ सय ३४ राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन गर्दै बालेन सरकार

MadhesKhabar

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

MadhesKhabar

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

Leave a Comment