Madhes Khabar
राजनीति हेडलाइन

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

सर्लाही,११कार्तिक:सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहित २ सय ५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस मधेस प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहकाे पहलमा जसपाका केन्द्रीय सदस्य अशोक कुमार सिंह सहित २ सय ५० जना जसपा र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका सिंह गत निर्वाचनमा सर्लाहीकाे क्षेत्र नंबर ३ बाट प्रतिनिधि सभा सदस्यकाे प्रत्याशी समेत थिए ।

शनिबार सर्लाहीकाे क्षेत्र नम्बर ३ काे कांग्रेस क्षेत्रीय कार्यसमितिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सिंहका साथै नेताहरु रामनरायण राय, विरेन्द्र राय लगायतका कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

कार्यक्रममा नव प्रवेशीहरुलाई कांग्रेस मधेस प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएकाे कांग्रेस क्षेत्रीय सभापति पुण्य प्रसाद घिमिरे जानकारी दिए ।

 

कार्यक्रममा कांग्रेसका सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार, प्रदेश सभा सदस्य जंगीलाल यादव,नेता कृष्णदेव यादव,नगर सभापति उपेन्द्र महतो लगायतका नेता कार्यकर्ताकाेपनि सहभागिता रहेको थियो ।

Related posts

विराट कोहलीले ड्रेसिङ रूममै आएर लगाइदिए आसिफ शेखलाई मेडल

MadhesKhabar

मुख्यमन्त्रीका दाबेदार सोनल , फेरि प्रदेशसभामा चुनाव लड्दै

MadhesKhabar

काठमाडौंको जस्तै दृश्य वीरगन्जमा पनि : ताजियामा सुरक्षाकर्मीलाई नै किच्ने गरी गाडी हुइक्याइयो (भिडियोसहित)

MadhesKhabar

Leave a Comment