Madhes Khabar
राजनीति

१५ सय ३४ राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन गर्दै बालेन सरकार

काठमाडौं,१९वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् । जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ।

 

अध्यादेशमा १ सय १० वटा कानुनमा भएका विषयवस्तुहरूलाई समावेश गरेर राजनीतिक प्रकृतिका नियुक्तिलाई टुंग्याउन र पदमुक्त गर्ने व्यवस्था थपिएको छ । उच्च सरकारी सम्बद्ध स्रोतका अनुसार, यो अध्यादेशमार्फत सरकारले विभिन्न १ सय १० वटा कानुन संशोधन गर्दै १५ सय ३४ जनाको राजनीतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीहरूको पदमुक्त हुने व्यवस्था गरिएको स्रोतले जानकारी दियो । ‘

 

१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशमध्ये दुई वटामा विशेष चासो र सरोकार राखेका थिए ।

 

संवैधानिक परिषद्सहित शनिबार जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमा उनको चासो थियो । उनले कानुनविद्हरूलाई बोलाएरै यसबारे छलफल पनि गरेका थिए ।

 

सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि कानुन संशोधन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारले विशेष व्यवस्थासहितको यो अध्यादेशको तयारी गरेसँगै राजनीतिक नियुक्ति लिएका विभिन्न संस्था एवं विश्वविद्यालयका पदाधिकारीहरूले धमाधम राजीनामा समेत दिइरहेका छन् ।साभार:अनलाइनखबर

Related posts

होटलमा जुठो माँझेर गुजारा चलाउँदै मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी

MadhesKhabar

मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

MadhesKhabar

७ दलका प्रदेश सांसदहरु मधेस भवन अगाडि धर्नामा

MadhesKhabar

Leave a Comment