Madhes Khabar
राजनीति

मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

फाइल फाेटाे

काठमाडौं,२१फागुन:नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले मधेसको मुख्यमन्त्री पाउनुपर्ने शर्त राखेको छ ।सोमबार दिउँसो बसेको जनमत पार्टीको सचिवालय बैठकले.मधेस प्रदेशको मुख्यमन्त्री पाएमात्र नयाँ सत्ता गठबन्धन र सरकारमा जाने निर्णय गरेको हो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि सोमबार जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।

बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘यस्तो बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’

Related posts

वीरगन्ज–१६ मा आयोजित कार्यक्रममा जसपाका संघीय परिषद सदस्यसहितका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

रोचक बन्दै पत्रकार महासंघको चुनाव–कांग्रेसका बागी उम्मेदवारलाई माओवादीको समर्थन

MadhesKhabar

देश जलाउनेहरुका बारेमा जनताले यहि चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

Leave a Comment