Madhes Khabar
राजनीति

धर्मेन्द्र पटेल कांग्रेस पर्साकाे सदस्यमा मनाेनित

वीरगन्ज,१९चैत:नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यसमिति सदस्यमा धर्मेन्द्र कुमार पटेल मनाेनित भएका छन्।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पटेललाई जिल्ला कार्यसमिति सदस्यमा मनाेनित गरेका हुन्।

नेपाली कांग्रेसकाे विधानकाे धारा १२(५) ख अनुसार पटेललाई जिल्ला कार्यसमिति सदस्य पदमा मनाेनित गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।

चैत १० मा जिल्ला कार्यसमिति सदस्यमा मनाेनित गरिएको पत्र साेमबार पटेललाई जिल्ला सभापति क्षेत्रीले प्रदान गरेका हुन्।यससँगै अब कांग्रेस पर्साकाे जिल्ला कार्यसमिति ७० सदस्यीय भएकाे जिल्ला उपसभापति पटेलले बताए ।

जिल्ला सदस्यमा मनाेनित पटेल गत निर्वाचन भन्दापहिले राजपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए।

Related posts

अफवाह र प्रोपागाण्डा फैलाएर कांग्रेसको विरासत मेट्ने दीवा सपना नदेखे हुन्छ : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

वीरगन्ज आएर पूर्वप्रधानमन्त्री नेपालले भने : गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ

MadhesKhabar

म बोल्ने भन्दापनि काम गरेर देखाउने मान्छे हुँ : मन्त्री गुप्ता

MadhesKhabar

Leave a Comment