Madhes Khabar
राजनीति

वीरगन्ज आएर पूर्वप्रधानमन्त्री नेपालले भने : गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ

फाइल फोटो

वीरगन्ज,०८ भदौं :नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन्।शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गन्धबन्धन सरकार पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गरे।

’यो गठबन्धन सरकार पाँच वर्षसम्म जान्छ,’उनले यसमा शंका गर्ने ठाउँ नै छैन।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जुनसुकै भ्रष्टाचार प्रकरणमा दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।

उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने जिकिर गरे। उनले भने,’जुनसुकै भ्रष्टाचार होस्। दोषीलाई उन्मुक्ति दिइनुहँदैन। निर्दोषलाई फस्ने वातावरण बनाउनु हुँदैन।’

मोर्चाका संयोजक समेत रहेका नेपालले गणतन्त्र, संविधान र संघीयता लगायतका उपलब्धीलाई जोगाउनकै लागि मोर्चा बनाइएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,‘ गणतन्त्र र संविधानमाथिको खतरा अहिलेपनि कायमै छन् ।अहिलेपनि टरिसकेको छैन । त्यहि खतराबाट जोगाएर गणतन्त्र र संविधानलाई संस्थागत गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । साथै मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने लक्ष्यपनि मोर्चाको रहेको उनले बताए ।

Related posts

पर्सा ३ मा डा. मधुलाई जिताउन जसपा–एमालेका नेता कार्यकर्ता एकजुट

MadhesKhabar

चिनियाँ राजदूत चेनले भेट उद्योगमन्त्री रिजाललाई

MadhesKhabar

नेपाललाई हेप्ने चिनियाँ राजदूतलाई सरकारले तत्काल फिर्ता पठाउनु पर्छ : साेनल

MadhesKhabar

Leave a Comment