काठमाडौं,१८चैत:काठमाडौंकाे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा स्ववियु सभापतिमा जोशी ७८९ मतसहित निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धि अनेरास्ववियुका सभापतिका उम्मेदवार सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् । जोशी ८ मतान्तरले निर्वाचित भएका हुन् ।क्रान्तिकारीका उम्मेदवार प्रविन दाहालले ७२७ र स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत ल्याएका छन् ।
सचिव,कोषाध्यक्षसहित सबै सदस्यमा भने अनेरास्ववियुका उम्मेदवारहरु निर्वाचित भएका छन्।सचिवमा अनेरास्वजियुका हिक्मत कुमार बुढा र कोषाध्यक्षमापनि अनेरास्ववियु कै सञ्च माया सुब्बा निर्वाचित भएका हुन् ।
उक्त क्याम्पसमा यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघकै श्यामराज ओझा निर्वाचित भएका थिए।

