Madhes Khabar
राजनीति

केपी ओलीको उद्घोष : फागुन २१ मा चुनाव हुदैन, संसद पुर्नस्थापना गराएरै छाडिन्छ

काठमाडौ,२७मंसिरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा (संसद) पुनस्र्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् ।भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सुशीला कार्की नेतृत्वले घोषणा गरेको फागुन २१ को निर्वाचन हुन नसक्ने दाबीपनि गरे । उनले भने,‘फागुन २१ को निर्वाचन नौटंकी मात्रै हो । त्यो हुनै सक्दैन । तर एमाले चुनावबाट भाग्दैछ भनेर कसैले नठान्नु होला । एमाले चुनावबाट भाग्ने पार्टीपनि होइन ।’
अध्यक्ष ओलीले एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न चेतावनी दिए ।

‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर छाडिन्छ, संसद् पुनस्र्थापना गराएर छाडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छाडिन्छ, यो एमालेको सङ्कल्प हो’, ओलीले भने ।

Related posts

पर्सा–१ मा विगतमा भएका काम सम्झिदै मतदाता भन्छन् : फेरि प्रदीप यादव

MadhesKhabar

पर्सा–२ का जसपा नेपालका उम्मेदवार टेमानीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कपडा वितरण

MadhesKhabar

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

MadhesKhabar

Leave a Comment