Madhes Khabar
राजनीति

७ दलका प्रदेश सांसदहरु मधेस भवन अगाडि धर्नामा

जनकपुर,२५कात्तिकः मधेसका मुख्यमत्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नरहेको भन्दै ७ दलका प्रदेश सांसदहरु जनकपुरस्थिते मधेस भवन अगाडि धर्नामा बसेका छन् ।

मुख्यमत्रीको नियुक्तिविरुद्ध सोमबारदेखि आन्दोलनमा उत्रिएका ७ दलका सांसदलाई मंगलबार मधेस भवन प्रवेशमा कडाइ गरिएपछि उनीहरू मुख्य गेट नजिकको सडकमा लामबद्ध भएर धर्नामा बसेका हुन् ।

मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ। एमाले, राप्रपा र संघीय समाजवादीबाहेका दलहरु आन्दोलनमा उत्रिएका हुन् ।

रातारात प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ खुलाएपछि मधेस प्रदेशमा यतिबेला राजनीतिक तनाव भइरहेको छ । सोमबार नै विपक्षी दलहरुले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए ।

 

Related posts

परिवर्तनको प्रत्याभुती गराउने लोसपा उम्मेदवार रमेश कुर्मीको प्रतिबद्धता

MadhesKhabar

एनसेल बिक्रीमा जालझेल भएको सांसद यादवको आरोप

MadhesKhabar

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको पूर्वमन्त्री साहको आरोप

MadhesKhabar

Leave a Comment