Madhes Khabar
राजनीति

आफ्नो गाँउठाँउकाे विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

वीरगन्ज,२७असाेज: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिकामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आफ्नो गाँउठाँउकाे विकासका लागि दलहरु आफ्नो राजनीतिक आस्था भन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्ने बताए।उनले भने,`विकासका सवालमा दलगत इगाे राख्नु हुदैन।सबै दल एकजुट भएर अगाडि बढ्नुपर्छ।´

उनले गृहजिल्ला पर्साका कृषिको प्रचुर सम्भावना रहेकोले यहाँका किसानका लागि आँफु यहिकाे जनप्रतिनिधि भएका हिसाबलेपनि गम्भीर रहेको बताए।

पकाहा मैनपुर गाँउपालिकामा बढी कृषि योग्य भूमि भएकोले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउने प्रकृया अगाडि बढिसकेकाे भन्दै उनले कोल्ड स्टोर सञ्चालन भएसंगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

धोबिया टोल हुँदै लहवारथकरी जोड्ने सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रहपनि उनले गरे।

Related posts

उपेन्द्र यादवबाट आजित पर्साका युवा नेता सोनीले पनि छाडे जसपा नेपाल

MadhesKhabar

माओवादी केन्द्रको मधेस प्रदेश संसदीय दलको नेतामा भरत साह पुर्नस्थापित

MadhesKhabar

प्रदीप यादवकाे लाेकप्रियता बढ्दै : जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार ठाकुर जसपा प्रवेश

MadhesKhabar

Leave a Comment