Madhes Khabar
राजनीति

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

काठमाडौं,२८साउनः नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्।

सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेको उल्लेख गर्दै पौडेलले त्यसो भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए।

‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

उनले गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताए। साभार : सेतोपाटी

Related posts

वीरगन्ज महानगरका मेयर र उपमेयरले जनताको बिचमा खाए सपथ

MadhesKhabar

देउवाको उम्मेदवारी रद्ध गर्न माग गर्दै उजुरी दर्ता

MadhesKhabar

उपेन्द्र यादवको पार्टीमाथि नयाँ दल जसपा हरेक ठाँउमा हाबी रहन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment