Madhes Khabar
राजनीति

वीरगन्ज महानगरका मेयर र उपमेयरले जनताको बिचमा खाए सपथ

मधेसखबर
वीरगन्ज,१२जेठः
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् ।
वीरगन्जको पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका हुन् ।त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमले नवनिर्वाचित मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिए । त्यसपछि नवनिर्वाचित मेयर सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले सपथ खुवाए ।


वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ,प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , प्रतिनिधीस्भा सदस्यहरु, प्रदेशसभा सदस्यहरु , राजनीतिक दलका जिल्ला अध्यक्षहरु , जिल्लाका सुरक्षा निकायका प्रमुखहरु ,सरकारी कार्यालयका प्रमुखका साथै वीरगन्जवासीको उल्लेख्य संख्यामा सहभागीता थियो । वीरगन्ज महानगरमा मेयर गठबन्धनबाट जसपाका सिंह , उपमेयर काँग्रेसका आलम निर्वाचित भएका हुन् । यस्तै महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

Related posts

जसपा नेपालले सरकारलाई दिएको समर्थन लियो फिर्ता

MadhesKhabar

प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा रिट दायर

MadhesKhabar

काँग्रेसले टिकट नदिएपछि युवा नेता चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

Leave a Comment